२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधि सभा बैठकमा आज सातवटा विधेयक पेस हुँदै

बिहिवार , फाल्गुण १५, २०७६

काठमाडौँ, फागुन ।  प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न विधेयकहरू छलफल तथा पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

दिउँसो एक बजे तय गरिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ’संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संशोधित सैनिक विधेयक विचारका लागि प्रस्ताव गर्दै हुनुहुन्छ । अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधयक, धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक विचारका लागि पेस गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री खतिवडाले अर्थसमितिको प्रतिवेदन सहितको नागरिक लगानी कोषको संशोधित विधेयक पारितका लागि प्रस्ताव गर्नुहुने भएको छ । यस्तै राष्टियसभा वैठक पनि आज दिउसो एक वजे वस्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार