काठमडौं, फागनु । नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाइ जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रिय सभाको सदस्य बनाउन लागिएको हो । साथै बैठकले हाल चर्चामा रहेको संविधान संशोधनको विषयालाइ तत्काल अगाडि नबढाउने सहमित गरेको छ।