२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कर विरुद्ध खबरदारी

किताबमा कर विरुद्ध काँग्रेसका नेताद्धय प्रदिप र गगनले खबरदारी गर्दै

माइतीघर मण्डलामा बेलुका ५ बजेपछि कार्यक्रम

मंगलवार , फाल्गुण १३, २०७६

काठमाडौं, फागुन ।  सरकारले पुस्तक आयातमा लगाइएको करका विरुद्धमा नेपाली काँग्रेसका अध्ययनशीलत नेताद्धय प्रदिप गिरी र गगनकुमार थापाले आज सरकारलाई खबरदारी गर्नुहुने भएको छ ।

काठमाडौको माइतीघर मण्डलामा बेलुका ५ बजेपछि हुने कार्यक्रम मार्फत् उहाँहरुले पुस्तकमा लगाइएको कर विरुद्ध खबरदारी गर्नुहुने भएको हो ।

जनतालाई पढ्न नदिनु निरंकुशताको अप्रत्यक्ष प्रयास हो भन्ने नाराका साथ लेखक तथा पाठकहरुद्धारा आयोजित कार्यक्रममा अन्य चर्चित लेखकहरु पनि सहभागी हुने भएका छन् ।
सरकारले गत साउनदेखि लगाएको पुस्तक कर संविधानविपरीत र नेपालले गरेको अन्तर्राष्ट्रिय महासन्धिविरुद्ध रहेको लेखकहरुले दावी गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रकाशनका पुस्तकहरू नेपालमा आयात गर्दा चर्को कर लगाउनु पुस्तक संस्कृतिमाथि प्रहार भएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार