२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

२५ औँ ‘जनयुद्ध’ दिवस

विप्लवको विद्यार्थी संगठनको हड्तालका कारण शैक्षिक संस्था प्रभावित

अधिकांश विद्यालयको पढाई प्रभावित

मंगलवार , फाल्गुण १३, २०७६

काठमाडौं, फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थामा अध्ययन–अध्यापन प्रभावित भएको छ ।

विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन (क्रान्तिकारी) ले आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ ।

२५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौँमा भएको कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ गरेको आरोप अखिल क्रान्तिकारीले उल्लेख गरेको छ ।

त्यसको विरोधमा विभिन्न विरोधका कार्यक्रम गरिरहेको अखिल क्रान्तिकारीले बुधबार शैक्षिक हड्ताल गरेको हो । हड्तालका कारण अधिकांश विद्यालयको पढाई प्रभावित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार