२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभाको बैठक

संसद बैठक आज दिउँसो बस्दै, कांग्रेससहितका विपक्षी दलले बैठक चल्न दिने

यस्तो छ सम्भावित कार्यसूचि

सोमवार , फाल्गुण १२, २०७६

काठमाडौं, फागुन । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।

सेक्युरिटी प्रिन्टिङ्ग प्रेश खरिद गर्ने सम्बन्धमा कमिसनका लागि बार्गेनिङ्ग गर्दै गरेको अडियो सार्वजनिक भएपछि सञ्चार मन्त्रीबाट गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।

अडियो प्रकरणलाई लिएर कांग्रेससहितका विपक्षी दलले यसअघिको संसद बैठकमा अवरोध गरेका थिए । उनीहरुले मंगलबार भने बैठक चल्न दिने भएका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको कांग्रेस, राजपा तथा समाजवादी पार्टीको बैठकले संसदमा अवरोध नगर्ने निर्णय गरेकाले मंगलबारको संसद बैठक नियमित रुपमा चल्ने छ ।

यस्तो छ सम्भावित कार्यसूचि:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार