२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक

"संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल"

राष्ट्रियसभा सदस्य संख्या बढाउने तयारी

आइतवार , फाल्गुण ११, २०७६


काठमाडौं, फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य संख्या बढाउने गरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ ।

आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको ३ सदस्यीय कार्यदल गठन गरेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।

कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय खिमलाल देवकोटा सदस्य रहेका छन् । हाल कायम रहेको ५९ सदस्यीय राष्ट्रिय सभा सदस्य संख्या बढाउने गरी संविधान संशोनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो ।

नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभा सदस्य ५९ जना रहने व्यवस्था छ । जसमा ५६ जना निर्वाचित र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

विधानको भाग ८ धारा ८६ मा राष्ट्रिय सभा गठन र सदस्यहरुको पदावधिबारे उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार