२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओलीको ६९ औँ जन्मदिन

बालुवाटारमा विशेष : "प्रधानमन्त्रीलाई रातो गुलाबको माला"

सचिवालय र केही नेताहरुको आयोजनामा विशेष कार्यक्रम

शनिवार , फाल्गुण १०, २०७६

काठमाडौं, फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री ओलीलाई रातो गुलाबको माला लगाइदिनुभयो ।

 

यस्तै सचिवालयका सदस्यहरुले जन्मदिनको केक काटेका छन् । त्यस अवसरमा प्रधानमन्त्रीको जीवनी झल्काउने ६ मिनेटको भिडियो पनि प्रदर्शन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बालुवाटारको जमघट सकेपछि प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई जानुभएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार