२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रमलाई जन्म दिनको शुभकामना

प्रधानमन्त्री ओली ६९ औं जन्मदिन मनाउन आज पुख्र्यौली घर तेह्रथुम जाने

कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

शनिवार , फाल्गुण १०, २०७६

काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् ।

प्रधानमन्त्री ओली आइतबार (फागुन ११ गते) परेको ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घर जान लागेको बालुवाटार स्रोतले जनाएका छन् । 

ओलीको जन्मघर आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२ स्थित तीनसल्ले खानीगाउँ) मा पर्दछ । त्यही घरमा ओलीको जन्म भएको थियो । उनको बाल्यकाल र किशोरावस्था त्यही घरमा बितेको थियो भने पछि उनको परिवार झापा बसाइँ सरेको हो ।

ओलीले सो पुरानो घर दशैँअघि पुनर्निर्माण गर्न लगाएका थिए । ओलीलाई सो घरको माया कति रहेछ भन्ने जन्मदिन त्यहीँ मनाउन जानुले पुष्टि गर्छ । जन्मदिनको अवसरमा ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

हालै सेक्युरिटी प्रेस खरिद प्रकरणमा गोकल बाँस्कोटा मुछिएपछि नेकपा र सरकारमाथि नै आक्षेप लाग्नेगरी टिकाटिप्पणी भइरहेका बेला यसबारे पनि प्रधानमन्त्रीले स्पष्ट पार्ने बताइएको छ । 

यसो त शनिबार नै प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ । सो पुस्तक राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार