२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

७० करोड कमिसन प्रकरण

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटामाथि अख्तियार र सीआईबीले छानबिन गर्ने

१२ घण्टा नबित्दै पदबाट राजीनामा

शनिवार , फाल्गुण १०, २०७६

काठमाडौं, फागुन ।  निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन प्रकरणबारे अख्तियार दुरुपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने भएको छ । 

शनिबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाको सम्बन्धमा छानविन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई दिने निर्णय गरेको महासचिव विष्णु पौडेलले  जानकारी दिए । 

‘बाँस्कोटाका विषयमा सरकारी निकायले छानबिन गर्छ’, उनले भने, ‘छानबिन गर्ने निकाय केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग छन् ।’  

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार