काठमाडौं, फागुन । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरणको समाचार प्रकाशन गृहले छाप्न नमानेको भन्दै पत्रकार पुष्प ढुगानाले राजीनामा दिएका छन् ।
उनले आफ्नो पत्रकारितामा निक्कै नमिठो अनुभव रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका छन् ।
पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन् :
मेराे पत्रकारितामा निकै नमिठाे अनुभव, मन्त्रीको कमिशन अडियाे पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी याे अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैया घुस खाएकाे समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताकाे यात्रामा ब्रेक लगाएकाे छु