काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालले ‘कोरोएन्जियोग्राफी’ परीक्षण गरेको छ ।
अस्पताल स्रोतका अनुसार उनको कोरोएन्जियोग्राफी परीक्षणको रिपोर्ट सामान्य रहेको छ । उनको मुटुको अवस्थाबारे जानकारी लिनका लागि अस्पतालले ‘कोरोएन्जियोग्राफी’ परीक्षण गरेको जनाएको छ ।
प्रधानमन्त्री ओलीको लामो समयदेखि मृगौलाको डायलसिस गरिँदै आएको छ। आज भने उनको मुटुमा केही समस्या देखिएकाले परीक्षण गरिएको चिकित्सकले जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीको गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।