२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बिजुलीका तार भूमिगत बनाउन कार्यको प्रधानमन्त्रीद्वारा शुभारम्भ

सोमवार , फाल्गुण ५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कामको शुभारम्भ गर्नुभएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा कामको शुभारम्भ प्रधानमन्त्रीले केहीबेर अघि गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गर्नुभयो । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारालगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ ।

यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने भएको छ ।

यो क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यी दुई क्षेत्रको काम गर्नका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग सन् २०१९ को मार्चमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार