२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

महराको फैसला आज आउने

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज आउने

बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर

आइतवार , फाल्गुण ४, २०७६

काठमाडौं, फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज आउने भएको छ ।

आइतबार नै फैसला आउने तयारी गरिएको भए पनि न्यायाधीश अम्बरराज पौडेलले फैसला टाइपिङमा ढिलाइ भएको कारण सोमबार मात्रै फैसला आउने बताएका थिए ।

पूर्वसभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर छ ।

यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार