२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

दिनभर गृहनगर दमकमा

प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभरी गृहनगर दमकमा रहनु हुने

चिसोपानी–रवि सडकको शिलन्यास

शनिवार , फाल्गुण ३, २०७६

काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभरी गृहनगर दमकमा रहनु हुने भएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली गृहनगर जान लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भद्रपुर विमानस्थल हुँदै प्रधानमन्त्री ओली झापा जाने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
भद्रपुर विमानस्थलबाट सोझै दमक गएपछि बिहान ११ बजेदेखि नै उहाँ दिनभरी विभिन्न शिलन्यास र उद्घाटनका कार्यक्रममा व्यस्त हुनुहुने भएको छ ।

उहाँले दमक ४ मा कृष्णमन्दिर–बेलडाँगी सडक उद्घाटन गर्ने, दमक–३ र मोरङको मिक्लाजुङ् जोड्ने स्थानमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

ती दुवै योजनाको अघिल्लो पटक प्रधानमन्त्री हुँदा उहाँले शिलन्यास गर्नु भएको थियो । त्यसपछि उहाँ झापाबाट ईलाम र पाँचथर जोड्ने दमक–चिसोपानी–रवि सडकको शिलन्यासका लागि दमक–२ पुग्ने तालिका रहेको छ ।

शिलन्यासपछि प्रधानमन्त्री ओलीले दमक–२ को बेलडाँगीमा आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीसँगै भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङ, नेकपा ससदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसमेत सहभागी हुने जनाइएको छ।

गृहनगरका विभिन्न कार्यक्रम सकेर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यतालिका रहेको उहाँको निजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार