२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रदेशहरुको विशेष अभियान

नेकपा अध्यक्ष दाहाल सहितका नेता बाँके जादै , कोहलपुरमा दाहालको सम्बोधन

बाँकेको कोहलपुरमा औपचारिक कार्यक्रम हुदै

शनिवार , फाल्गुण ३, २०७६

काठमाडौं, फागुन ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेता आज बाँके जादैछन् ।

प्रदेश विशेष अभियानको लागि तयारी शुरु गर्नका लागि उनिहरु त्यहाँ जान लागेका हुन् ।

नेकपाले आगामी चैत १ गतेदेखि सुरु हुने प्रदेशहरुको विशेष अभियानका लागि आज पाँच नम्बर प्रदेशबाट यसको थालनी गर्न लागको हो।

दिउँसो बाँकेको कोहलपुरमा औपचारिक कार्यक्रम हुदैछ । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायत शीर्ष नेताहरु सहभागी हुने प्रदेश पाँचकी अध्यक्ष ओनसरी घर्तीले जानकारी दिनुभयो ।

एकता सन्देश स्थानीय तहसम्म लैजाने उदेश्यले पार्टीले आगामी चैत १ गते देखि सुरु गर्न लागेको प्रदेश स्तरीय अभियानका लागि पाँच नम्बर प्रदेशले आजदेखि तयारी थाल्न लागेको नेकपा केन्द्रिय कार्यलयका सचिव इश्वरी रिजालले बताउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार