२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

केन्द्रीय कमिटी बैठक समापन

प्रधानमनत्री ओलीले भने: " देशमा भ्रष्टाचार बढेको छैन"

कोही पनि भ्रष्टाचारमा फेला नपरोस्, परे कारवाही

आइतवार , माघ १९, २०७६

काठमाडौँ, माघ । प्रधानमनत्री तथा नेकपाका अध्यक्ष केपी ओलीले मुलुकमा भ्रष्टाचार बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् । आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण भइरहेको दावी पनि गरे । उनले जनतामा सुशासन र स्वच्छताका लागि पार्टी र सरकार लागि रहेको भन्दै सरकारमा रहेका कुनैपनि व्यक्ति भ्रष्टारमा मुछिनु नहुने बताए । 

‘कुनैपनि तहको सरकारमा रहेकाहरु र कोही पनि भ्रष्टाचारमा फेला नपरोस्, फेला परे कारवाही हुन्छ’ ओलीको भनाइ छ । यसका लागि उनले पार्टीले सहयोग र निर्देशन दिनुपर्ने पनि बताए । 
देशको अपेक्षा र जनताको अपेक्षा अनुसार पार्टी एकढिक्का भएर चलेको भन्दै केही सञ्चारमाध्यमले पार्टीबारे भ्रम फैलाएको भन्दै गुट परिवर्तन गरेकोमा आपत्ति जनाए । 
‘हामी यताको भाग र उताको भागमा होइन । मान्छेका टाउका हुन्छन्। विचार हुन्छन् । भाग लगाएर पारित गर्ने फलानो फलानाको भनेर भागबण्डा लगाउनु अनुचित कुरा हो’ ओलीको दावी छ । 
उनले नेकपा एकताबद्ध र सुदृढ अवस्थामा रहेको र कसैले तलमाथि पार्न नसक्ने ठोकुवा पनि गरे । ओलीले समापन मन्तव्यको अन्तिममा नेता तथा सांसदहरुलाई रात्रिभोजमा सहभागी हुन आग्रह गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार