काठमाडौँ, माघ । नेकपाको जारी केन्द्रीय कमिटीको बैठकमा उठको प्रश्नहरुको कुन अध्यक्षले र कसरी जवाफ दिने भन्ने विषयमा छलफल गर्न सचिवालयको बैठक बोलाइएको छ ।
सचिवालयको बैठकले अध्यक्षद्वयले नै उठेका प्रश्नको जवाफ दिने कि प्रधानमन्त्री समेत रहनुभएका केपी ओली विरामी भएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाले मात्रै जवाफ दिने भन्ने टुंगो लगाउन सचिवालयको बैठक बोलाईएको हो ।
आज विहान ९ बजेपछि बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकमा नेताहरुले उठाएका गम्भिर विषयहरुको कसरी जवाफ दिने भन्ने निकर्ष निकाल्ने छ ।
सचिवालयको निष्कर्षपछि दिउसो एक बजे सुरुहुने केन्द्रीय कमिटीको बैठकमा नेतृत्वले जवाफ दिने कार्यक्रम छ । नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत रूपमा सदस्यहरूले उठाएका प्रश्नको आज नेतृत्वले जवाफ दिने भएको हो ।
शुक्रबार र शनिबार गरी सवै १५ समूहका टोली नेताले समुहमा भएको छलफलको रिपोर्टिङ गरेका थिए । शुक्रबार चार र शनिबार ११ समूहको रिपोर्टिङ भएको हो । प्रदेश र समन्वय कमिटीका २५ जनाले पनि बैठकमा रिपोर्टिङ गरेका छन । समुहगत छलफलमा धरै जसो नेताहरुले पार्टी र नेतृत्व प्रति गम्भिर प्रश्न उठाएका छन् ।