इनरुवा, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनको इटहरी प्रशारणको उद्घाटन गर्नुहुदै नेपाल टेलिभिजन नयाँ युगमा प्रवेश गरेको बताएका छन। प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको इटहरी प्रशारणको प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट स्वीच अन गरेर शुक्रबार उद्घाटन गर्नुहँुदै नेपाल टेलिभिजन नेपाली नागरिकको पहलो टेलिभिजन भएको र यसको पाँचौ च्यानलको रुपमा इटहरी प्रशारण गरेकोमा बधाई दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट शुक्रबार मोवाइल एप मार्फत स्विच अन गरेर च्यानलको सुरुवात गरे परिक्षण प्रशारण शुरु गरेको १६ दिनपछि नेपाल टेलिभिजन स्थापनाको ३५ औ स्थापना दिवसको अवसरमा इटहरी च्यानलको नियमित प्रशारण शुरु भएको हो । च्यानलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले च्यानल संचालनमा सहयोग पुर्याउने जग्गादातालगायतलाई धन्यवाद दिए ।
प्रम ओलीले प्रदेश १ को एतिहासिक स्थान विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा, सबै भन्दा होचो स्थान झापाको रहेको क्षेत्रमै पर्ने सुनसरीको इटहरीमा नेपाल टेलिभिजनको इटहरी प्रशासरणले प्रदेश १ र २ का जनताले सूचना, समाचार र सन्देश पाउने बताए ।
प्राकृतिक, धार्मिक र औधोगिक नगरी इटहरीमा नेपाल टेलिभिजनको इटहरी प्रशारणले नेपालको समृद्धि, जनताको आशालाई उजागर गर्ने, सकारात्मक सन्देश प्रवाह गर्न सार्थक भुमिका निर्वाह गर्ने बताए ।उनले नेपाल टेलिभिजन सहित नेपाली संचारमाध्यमले विकास, समृद्धि र नागरिकको सवालको विषयमा सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको बताए ।
देशका विभिन्न स्थानमा भएका राम्रो काम, सन्देश र विकासको बारेमा जनातको माझमा लानका लागि मिडियाले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । देशमा राजनीतिक स्थिरता कायम भएकाले अव सरकारले शुसासन, विकासका लागि काम गरेकाले जनतामा आशाको संचार फैलाउन आवश्यक रहेको बताए ।
उनले वर्तमान सरकारले दुई वर्षदेखि धेरै राम्रो काम गरेको भए पनि केही मिडियाले नकारात्मक भ्रम फैलाएकाले नेपाल टेलिभिजन सहितको संचारमाध्यमले आशाबादी, सकारात्मक रुपमा सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी नेपाल टेलिभिजन इटहरी प्रशारणको उद्घाटन समारोहमा संचार तथा सूचना प्रविध मन्त्री गोकुलप्रसाद बाँसकोटाले नेपाली संचारमाध्यमले आग्रह,पूर्वाग्रह, दुरभागबाट मुक्त भई काम गर्नुपर्ने बताएका छन । मन्त्री बाँसकोटाले मानव अधिकार, मौलिक अधिकारको रक्षा र संरक्षण गर्नका लागि सरकारले काम गरिहेको बताए ।
उनले नेपाली संचारमाध्यममा बढी भ्रमका कुराहरू र देशमा केही नै विकास भएन भनेर निरासाजनक सन्देश दिने होड नै चलेकाले त्यसबाट जोगिएर यर्थात, सत्य, तथ्य, तटस्थ भएकार सूचना र समाचार प्रकाशन प्रसारण गर्नुपर्नेमा जोड दिए ।
उनले सरकारले मिडिया काउन्सिल सम्बन्धी विद्येयक विज्ञापन नीति तानाशाह नभई मिडिया र पत्रकारलाई व्यबसायिक, जिम्मेबार र उतरदायी बनाउनका लागि ल्याएको बताए । वहाँले जनतामा सत्य सूचना पुग्न दिनुपर्ने र नाकारात्मकता मात्रै फैलाउने कार्य बन्द गर्नुपर्नेमा जोड दिए ।
उनले सरकार संविधान अनुसारको कानुन निर्माण गरेर नै छाडने विश्वास व्यक्त गरे । संविधान अनुसारको कानुन निमार्ण आवश्यक भए पनि विवादमा ल्याउने कुरा केही मिडियाले गरेकोमा निन्दा गर्नुहुदै सरकारले सबैको कुरा सुन्न तत्पर रहेको रहेकाले आशंका र द्विविधा दिने खालको नभई सही , सत्य र तथ्य रुपमा प्रकाशन प्रशारण गर्न आग्रह गरे ।
उनले भने “ समाजलाई जिम्मेबार कि गैरजिम्मेबार बनाउने, असल समाज निर्माण गर्ने की खराव, देशलाई सहज सन्देश दिने की असहज सन्देश प्रवाह गर्ने मिडियाको हातमा रहेकाले त्यसमा गम्भिर हुन जरुरी रहेको छ ।”
मन्त्री बाँसकोटाले देशको पहिलो टेलिभिजन नेपाल टेलिभिजनले तटस्थ, निष्पक्ष र तथ्यमा आधारित भएर काम गर्ने भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले विज्ञापन ऐन, मिडिया काउन्सिल यही हिउँदे अधिवेसनबाट पारित गर्ने समेत जानकारी दिए ।