२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा केन्द्रीय कमिटी

नेकपा केन्द्रीय कमिटीको बैठकमा आजबाट समूहगत प्रस्तुती सुरु हुने

समसामयीक विषयहरुमा छलफल

बिहिवार , माघ १६, २०७६

काठमाडौं, माघ । नेकपा केन्द्रीय कमिटीको बैठकमा आजबाट समूहगत प्रस्तुती सुरु हुने भएको छ । हरेक समूहको तर्फबाट समूह संयोजकले बढीमा २० मिनेटमा समूहको सुझाब र प्रतिक्रिया प्रस्तुत गर्ने भएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा सवै ४४१ जनाले बोल्न संभव नभएपछि समूहगत छलफलको व्यवस्था गरिएको छ । सवै सदस्यहरुलाई १५ समूहमा विभाजन गरेर समूहहरु बनाएकाले उनीहरुले भोलीसम्ममा प्रस्तुती सक्ने जनाइएको छ ।

समूहगत प्रस्तुती सकिएपछि पर्सी माघ १९ गते अध्यक्षले राजनीतिक प्रतिवेदन र महासचिवले विधान संशोधन प्रस्तावमा जवाफ दिने र समसामयिक प्रस्तावहरूसमेत पारित गर्दै बैठक समापन गर्ने कार्यतालिका नेकपाले बनाएको छ ।

पार्टी एकिकरणको घोषणापछि दोस्रो पटक सुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले सरकारका कारबारबाही, पार्टी नेतृत्वको भूमिका, विवादित तथा आम सरोकारका समसामयीक विषयहरुमा छलफल गरेका छन् ।

विधानमा ६–६ महिनामा वैठक बस्नुपर्ने प्रावधान भएपनि झण्डै २० महिनापछि नेकपाको केन्द्रीय कमिटीको बैठक बसेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार