नेपाल विद्यार्थी संघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ ।
त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष थिइन् । नेविसंघका तर्फबाट निर्वाचित नेतृको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारी पाँच दाजुभाइ र ३ दिदीबहिनीमध्येकी एक हुन् । काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन् । श्रीमान् र दुई छोरा अनुपम र आयुष रहेका छन् ।
श्रीमान् र दुई छोरा हाल अष्ट्रियामै छन् । अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ ।