२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता : नवनिर्वाचित सभापति बलायर

आइतवार , मंसिर १९, २०७८

 कैलाली, मङ्सिर । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभापति वीरबहादुर बलायरले कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित सभापति बलायरले आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा फरक धारमा देखिएका नेतासमेतलाई मिलाएर अघि बढ्ने बताउनुभयो । उहाँले कांग्रेसका माध्यमबाट नेपाली जनता र नेपालको भविष्य खोज्नुपर्ने बताउनुभयो ।

सभापति बलायरले भन्नुभयो, “हाम्रा विमति होलान् तर विमतिको सजाय कांग्रेसले भोग्न नपरोस् भन्ने कुरामा हामी सचेत छौँ र त्यही बाटोबाट पार्टीलाई अगाडि लैजान्छौँ ।

उहाँले अगामी निर्वाचनमा एकजुट भएर जनताको मन मस्तिष्कमा बस्न अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार