२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जनसम्पर्क समिति अमेरिका महाधिवेशन

प्रधानमन्त्री देउवाले भने : ' प्रवासमा बस्ने नेपालीले मातृभूमिप्रति माया भाव राखेका छन'

आइतवार , मंसिर १९, २०७८

वाशिङ्टन डिसी, मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताउनुभएको छ ।

जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीले देशलाई अत्यधिक माया गर्छन् भन्ने स्पष्ट रहेको बताउनुभयो ।

उहाँले जनसम्पर्क समितिको महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधि चयनमा सहमति र सहकार्य कायम रहन सकोस् भन्नुभयो ।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा मेरिल्यान्ड जनरल एसेम्ब्लीका डेलिगेट डा ह्यारी भण्डारी, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, महासचिव मुनेन्द्र नेम्वाङ, वेद खरेल, गौतम दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामन दिँदै आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

जनसम्पर्क समितिले नयाँ कार्यसमिति चयन गर्ने, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुको समेत निर्वाचन गर्ने कार्यतालिका रहेको अध्यक्ष विष्टले जानकारी दिनुभएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार