२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी : 'थापाले हार स्वीकारे '

आइतवार , मंसिर १९, २०७८

काठमाडौं, मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८१७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६१७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।

थापाले हार स्वीकारे

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार