२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कर्णालीमा काँग्रेस : ' मतदान सकियो, कसले मार्ला बाजी ?'

शनिवार , मंसिर १८, २०७८

कर्णाली, मंसीर । नेपाली काँग्रेस कर्णालीको प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ ।

शनिबार साँझ सम्पन्न मतदान अनुसार कुल ७७१ मतदातामध्ये ७५४ मत खसेको छ । नेतृत्व चयनका लागि दिउँसो २ बजेपछि मतदान भएको थियो ।

अब मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना हुने बताइएको छ । कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिडेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही र विमलेन्द्र निधि पक्षबाट मोतिराज बमले उम्मेदवारी दर्ता गराएका छन्। तीनमध्ये भूपेन्द्रजङ्ग शाही बलियो उम्मेदवार रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार