मकवानपुर, मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनमा मतदान सकिएको छ । आज अपराह्न ४ बजे मतदान सुरु भएको थियो ।
हेटौँडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा तोकिएको भन्दा केही ढिलो मतदान सुरु भएको थियो ।
सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले निर्वाचन सुरु भएको एक घण्टापछि मतदान गरेका छन । मतदानको समय राती १० बजेसम्म तोकिएको छ । मतदाताका अनुसार, सभापतिमा के सी बिजयी हुने संभावना रहेको छ ।
मतदान चाँडै सम्पन्न गर्न १० वटा केन्द्र स्थापना गरिएको थियो । कम मतदाता भएका तीन जिल्लाका लागि एउटा, काठमाडौँका लागि तीन र अन्य जिल्लाका लागि एक÷एक मतदान केन्द्र स्थापना गरिएको हो ।
मतदानस्थल वरपर टाँसिएका उम्मेदवारका प्रचार सामग्री हटाइएको छ । अधिवेशनमा एक हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा दुई हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागि सहभागिता जनाएका छन ।