२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस चौधौ महाधिबेशन : 'प्रदेश १ को निर्बाचन हुदै'

शनिवार , मंसिर १८, २०७८

विराटनगर, मङ्सिर ।  नेपाली काँग्रेस चौधौ महाधिबेशन अन्तर्गत आज  प्रदेश १ को निर्बाचन हुदैछ । आज गरिने निर्बाचनमा सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुँदैछ । दुबै उम्मेद्वारले आफ्नो छुट्टा छुट्टै प्यानलसहित उम्मेद्वार भएका छन ।  
निर्वाचन समितिका अनुसार दुइ  उपसभापति पदका  लागि गोविन्द ढुङ्गाना, टङ्क राई,  विश्वनाथ रिजाल र रमेशजङ्ग रायमाझी ले उम्मेदवारी दिएका छन । 
दुई  महामन्त्रीका लागि दिपेन श्रेष्ठ, उमेश थापा पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी रहेको छ । 
त्यस्त,ै तीन सहमहामन्त्रीका लागि प्रमिला गच्छदार,  विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राई उम्मेद्वार छन ।  
नेपाली काँग्रेस प्रदेश १ को नेतृत्ब चयनका लागि शनिबार विराटनगरमा मतदान हुदैछ । प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि एक हजार ७७० जनाले मतदान गर्ने बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार