जनकपुर, मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनता दल (राजद) नेपालबीच पार्टी एकीकरण भएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शुक्रबार अयोजित पार्टी एकीकरण तथा भातृ संगठन घोषणा सभा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र राजद एवं पिछड़ा वर्गका अध्यक्ष भरत महतोले संयुक्त रुपमा राष्ट्रिय जनता दल जसपाबीच एकीकरण भएको तथा पिछडा वर्ग महासंघ जसपाको भातृ संगठन भएको घोषणा गरेका छन ।
जसपा नेपाल तथा राजदबीचको पार्टी एकीकरण घोषणा सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै जसपाका राष्ट्रिय अध्यक्ष यादवले भने, राज्यको विभेदपूर्ण नीतिका कारण महिला, दलित, जनजाति, मुस्लिम वर्गसहित पिछडा वर्ग पछि पारिएका समुदाय राज्यको मुल प्रवाहमा आउन सकेका छैनन् ।
उनल थपे, विभिन्न राजनीतिक परिवर्तन भए पनि राज्यको सत्ता र शक्तिमा परिवर्तन हुन नसकेको कारण सर्वसाधारण संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति गर्न नसकेको कुरा उल्लेख गरे । उनले समाजमा सबैभन्दा बढी उपेक्षित, अमानवीय जीवन जिउन विवश हुने दलित र महिला वर्ग रहेको बताएका छन ।
नेपालको संविधानमै त्रुटी रहेका कारण यस्ता समस्या आएको बताउँदै अध्यक्ष यादवले संविधानको त्रृटी सच्च्याउँदै सत्ता र शक्तिमा सबै जाति समुदायको पहुँचका लागि जसपाले सडक, संसद र सरकार तिनवटै स्थानबाट एकसाथ आवाज उठाउँदै आएको बताएकन छन । अध्यक्ष यादवले, ‘समावेशी र आरक्षणको कुरा छिमेकी राष्ट्र भारतबाट सिक्नुपर्ने समेत बताए ।
दुई पार्टी एकीकरणले पिछडा वर्ग महासंघको मुद्दालाई बल पुग्ने र समाजवादले देशको विकासको बाटो खोल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष यादवले,‘शक्ति भनेको संगठनमा हुन्छ, त्यसैले जसपाले शक्ति संचयको तयारी गर्दै गरेको बताएका छन ।
पिछला वर्ग (ओबिसी) महासंघद्वारा आयोजित कार्यक्रमको अध्यक्षता भरत महतोले गर्नुभएको थियो भने उक्त कार्यक्रममा संघीय संसद् एवं प्रदेश अध्यक्ष रामबाबु यादव, सांसद प्रमोद साह, डा. सूर्यनारायण यादव, केन्द्रिय सदस्य डा रामस्वार्थ राय, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह्सहितको उपस्थिति रहेको थियो ।