२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काँग्रेस अधिवेशन कार्यतालिका संसाेधन

फागुन ७–१० कायम : "स्थानीय अधिवेशनको कार्यतालिका फेरियो"

७ सदस्यीय क्रियाशील सदस्यता छानविन समिति बनाइने

सोमवार , माघ १३, २०७६

काठमाडौँ, माघ । । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकले ११ पुसमा बसको केन्द्रीय समितिबाट बहुमतका आधारमा  गरिएका केही निर्णय सच्याएको हो ।

महाधिवेशको मिति २०७७ फागुन ७–१० लाई कायम राखेर तालिका तहको अधिवेशन तालिका संशोधन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । संशोधन गरिएको कार्यतालिका अनुसार वडा अधिवेशन – १६ कात्तिक, गाउँ तथा नगरपालिका अधिवेशन – १८ कात्तिक र ३३० क्षेत्रीय अधिवेशन – २१ कात्तिकका लागि तय गरिएको छ ।
यस्तै प्रतिनिधिसभा क्षेत्र र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन – २१ कात्तिक र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन – २३ कात्तिक हुने छ ।
यता ७ प्रदेशको अधिवेशन – २९ मंसिरका लागि तय गरिएको छ । बैठकले ७ सदस्यीय क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि गरेको छ । यसअघि मंसिरबाट सुरु हुने गरी तल्लो तहको अधिवेशनकाको कार्यतालिका तय गरिएको थियो । यसअघि मंसिरबाट सुरु हुने गरी तल्लो तहको अधिवेशनकाको कार्यतालिका तय गरिएको थियो ।
संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा छलफल भएको थियो । सदस्यमा सभापति शेरबहादुर देउवा पक्षबाट ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला  पक्षबाट एक जनालाई समावेश गरिने छ ।समितिका संयोजक र सदस्यहरुको मनोनयन सभापतिले आवश्यक परामर्श गरी गर्ने छन् । 
पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जनसहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय भएको छ । अर्को बैठक माघ  २३ गते बोलाइएको छ । यस्तै अब बन्ने समितिले १३ औं महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको समितिलाई दिएको टीओआर नै दिने सहमति यसअघि नै भएको छ ।

 


 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार