२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमसीसीबारे बहस भइरहेको छ, हतार गर्नु पर्दैनः सापकोटा

सोमवार , माघ १३, २०७६

काठमाडौँ, माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे बहस भइरहेको भन्दै निर्णयका लागि हतार गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

सोमबार पदभार ग्रहण गर्दै सभामुख सापकोटाले एमसीसीबारे बहस जारी रहेको बताउँदै बहस छेडिएपछि निचोडमा पुग्ने भन्दै अहिले हतार गर्नु नपर्ने जनाएका हुन् ।

‘जब बहस छेडिन्छ तब निचोड तिर पुग्छ, अध्ययन गर्दै जाउ न, अहिले किन हतार गर्नुपर्यो‍’सापकोटाले भने,‘बढी बल्नु मनासिव होइन । त्यो निरुपण हुँदै जान्छ ।’

सभामुखमा चयन भएको बारे बाहिर विरोध भइरहेको बारे सोधिएको प्रश्नमा सभामुख सापकोटाले त्यो लोकतन्त्रमा चलिरहने प्रकृया भएको बताए ।

आफूले कार्यभार समालेसँगै अब शुरुवात देखिनै विधेयकहरु प्रमाणिकरण, संसदमा दर्ता भएका विधेयक, संकल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्तावमा ध्यान दिने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार