२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कम्प्युटर एसोसिएसन नेपाल महासंघ

सूचना–प्रविधिबाट उत्पादकत्व वृद्धि गर्ने सरकारको नीति : प्रधानमन्त्री

सूचना–प्रविधिको प्रयोग अपरिहार्य

शुक्रवार , माघ १०, २०७६

काठमाडौं, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना–प्रविधिको प्रयोग गरेर उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति तथा लक्ष्य रहेको बताएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को प्रतिनिधिमन्डलसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले तीव्रगतिको विकास र उच्चस्तरको वृद्धि हासिल गर्नका लागि सूचना–प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए ।

हाम्रो सोच सकारात्मक र दूरगामी हुनुपर्छ र त्यसलाई हासिल गर्नका लागि सूचना–प्रविधि तथा नवप्रवर्द्धनको विकासमा पर्याप्त ध्यान दिनुपर्छ भन्दै उनले ‘डिजिटल नेपाल फ्रेमवर्क’ त्यसैका लागि ल्याइएको पनि बताए ।

महासंघका अध्यक्ष नवराज कुँवरले रचनात्मक र सुधारोन्मुख प्रविधि विकास एवं ‘आर्टिफिसियल इन्टेलिजेन्स’जस्ता प्रविधिमा सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार