२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभाका १८ सदस्यका लागि आज मतदान हुदै, नतिजा आजै आउने

बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान

बुधवार , माघ ८, २०७६

काठमाडौं, माघ ।राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचनअन्तर्गत आज मतदान हुदैछ । आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये सातवटै प्रदेशबाट १८ जना राष्ट्रिय सभा सदस्यमा आज निर्वाचन हुन लागेको हो भने एकजना राष्ट्रपतिले मनोनयन गर्नेछिन् ।

निर्वाचनमा दुई हजार ५६ मतदाता छन् । जसमध्ये पाँच सय ५० प्रदेशसभा र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख उपप्रमुख छन् ।

निर्वाचनमा पदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ । १८ सितका लागि विभिन्न दलका गरी ४५ उम्मेदवार छन् ।

प्रदेश नम्बर–१ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश नम्बर–२ मा महिला, दलित, अपांगता वा अल्पसंख्यक र अन्य समूहमा चारजना, वाग्मती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईरदुईजना र प्रदेश नम्बर–५ मा महिला, अपांगता वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजनाका लागि निर्वाचन हुन लागेको हो ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुईरदुईजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङको मसी विवरण र निर्वाचन चिह्न उल्लेख गरी मतपत्र छापेको छ ।

फागुन २० गते राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ जनाको पदावधि सकिने भएपनि रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

मतदान सकिएपछि आज नै नतिजा प्रकाशन गर्नेगरी व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार