काठमाडौँ, माघ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कांग्रेसले जनाएकाे छ।
बैठकमा प्रतिनिधिसभाकाे सभामुख र उपसभामुख उम्मेदवार चयन, निर्वाचनमा दलहरुसंँग सहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ। कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दिने/नदिने र उम्मेदवारलाई समर्थन जुटाउन दलहरुसँग सहकार्य गर्ने विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिकाे बैठक बोलाइएको जानकारी दिइन्।
संसदीय दल कार्यसमितिमा ३० सांसद छन्। निर्वाचनपछि दलको कार्यसमितिको बैठक पहिलो पटक बोलाइएको हाे।