काठमाडौं, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । बालुबाटारमा बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपाका नेता विष्णु पौडेलले जनाए ।
साँगाचोकगढी नगरपालिका ४, सिन्धुपाल्चोक कुबिन्डेमा जन्मनु भएको सापकोटा वि.सं २०३० सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध हुनुहुन्थ्यो । २०३६ सालमा तत्कालीन संयुक्त जनमोर्चाको चौंथो जिल्ला महाधिवेशनबाट संस्थापक जिल्ला सचिव र २०४८ सालमा केन्द्रीय सदस्य हुँदै उहाँ २०५१ सालदेखि नेकपा (माओवादी) मा आवद्ध थिए।
उनले जनयुद्धका बेला भूमिगत भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो यस अघि सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा जनयुद्धका बेला सरकारसँगको पहिलो वार्ता टोलीमा सदस्य थिए ।