२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव भन्छन

समृद्धिको आशा हावादारी : 'जति भ्रष्टाचार भएपनि दुई वर्षसम्म केही गर्न सकिदैन'

शासन प्रणालीलाई खच्चड जस्तो

शुक्रवार , माघ ३, २०७६

जनकपुर, पुस । मुलुकमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनुपर्नेमा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जोड दिएका छन् । जनकपुरमा आयोजित समाजवादी पार्टी मधेश प्रदेशले आयोजना गरेको संगठन विस्तार एवं सुदृढिकरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चड जस्तो रहेको बताउँदै यसको अन्त्य गरी कार्यकारी राष्ट्रपतिय प्रणाली अप्नाउनुपर्नेमा जोड दिए ।

यादवले प्रधानमन्त्रीलगायत मन्त्रीले जति भ्रष्टाचार गरे पनि यसलाई दुई वर्षसम्म केही गर्न नसकिने संवैधानिक व्यवस्था रहेको भन्दै देशमा समृद्धिको आशा गर्नु हावादारी हुने बताए ।  उनले यस्तो जटिल व्यवस्थामा देश समृद्धि कसरी हुनसक्छ भन्दै प्रतिप्रश्न समेत गरे ।
 
उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ ईंगित गर्दै भने– ‘जहाँ ४ कक्षा उतीर्ण शिक्षा मन्त्री, किडनी फेल प्रधानमन्त्री र अर्थबारे थाहा नभएको अर्थमन्त्री हुन्छ त्यस्ता देशको समृद्धिको परिकल्पना गर्नु नै हास्यापद छ ।’

उनले मधेश सहितका विभिन्न पहिचान र अधिकारको आन्दोलनपछि संविधानमा संघीयता त लेखियो तर कागजमै सिमित रहेको प्रति दुःखेसो प्रकट गरे ।

अध्यक्ष यादवले भने, ‘विश्वको कुनैपनि मुलुकमा प्रदेशको आफ्नो झण्डा, प्रशासन, संविधान र निर्णय गर्ने अधिकार हुन्छ, तर हाम्रो देशमा प्रदेशलाई पङ्गु  बनाई केन्द्रिकृत एकात्मक शासन व्यवस्था लाद्न खोजिएको छ ।’ उनले प्रदेशलाई अधिकार सम्पन्न नबनाएसम्म देशमा संघियता कार्यान्वयन हुन नसक्ने दावी  गरे । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार