२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिपक्षी दल नेपाली काँग्रेस

संसद अवरुद्धबारे छलफल गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने

बैठक दिउसो साँढे १ बजे

बिहिवार , माघ २, २०७६

काठमाडौँ, माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउसो साँढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभएको छ ।

संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको भन्दै रोष प्रकट गर्दै आइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार