२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विवेकशीलका ३ सांसद मात्र विपक्षमा

प्रदेश ३ : "स्थायी राजधानी हेटौँडा घोषणा "

मुख्यमन्त्री पौडेलकाे प्रस्तावलाई दुई तिहाइभन्दा बढीले अनुमोदन

आइतवार , पौष २७, २०७६

हेटौँडा, पुस। प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो ।
 
प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए । प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान छ ।
 
सभामुख सानुकुमार श्रेष्ठले राजधानी हेटौँडा हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा बैठकमा कायम कुल सदस्यको दुई तिहाई मत रहेकाले उक्त प्रस्ताव दुई तिहाईले पारित भएको घोषणा गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार