२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा बैठक अन्योलमा

प्रतिनिधिसभा बैठक आज, उपसभामुखको राजीनामा आउला त ?

सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी

शनिवार , पौष २६, २०७६

काठमाडौँ, पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा आजको प्रतिनिधिसभा बैठक अन्योलमा परेको छ। 

दिउँसो १ बजेका लागि बोलाइएको बैठकले सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी भए पनि बैठक बस्नेबारे नै अन्योल भएको हो। अन्योलका कारण बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन्। 

नेकपा सचिवालयको हिजो बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरे पनि सभामुखमा कसलाई उठाउने भन्नेबारे निर्णय गर्न सकेन।

अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी समिति सदस्य अग्नी सापकोटालाई सभामुख बनाउने अडानमा छन्। 

सभामुख उम्मेदवारको टुंगो नलागेको र उपसभामुखको राजीनामा पनि आइनसकेका कारण सभामुख निर्वाचनको कार्यतालिका बनाउने गरी बस्ने भनिएको प्रतिनिधिसभा बैठक अन्योलमा परेको हो।

यही अन्योलताका कारण गत पुस १५ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।



प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार