२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रिय सभाको बैठक

राष्ट्रियसभामा प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश हुँदै

आजै दिउसो १ बजेपछि बस्नेग

शनिवार , पौष २६, २०७६

काठमाडौँ, पुस ।  संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि आजै दिउसो १ बजेपछि बस्नेगरी बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन, २०७६”लाई सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले “रेल्वे विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार