२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके : विभिन्न अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु

मंगलवार , जेठ १८, २०७८

काठमाडौं , जेठ। बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५: ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ बर्दिया, १/१ बाँके र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५:30 बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका-२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्‍यु भएको छ ।

यस्तै टीकापुर नगरपालिका-८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका-१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २९० कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार