काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा थप ४ हजार १७८ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कुल सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९१ कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कुल सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ११४ को मृत्यु भएको छ । योसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ३८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४८० को नमुना परीक्षण गरिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ६ हजार ४७० रहेको छ । त्यस्तै हाल १ हजार ४९२ को आइसियु र ४२४ को भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।