२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "चार हजार ३६९ थपिए, छ हजार २०५ मुक्त, १०९ को मृत्यु"

आइतवार , जेठ १६, २०७८

काठमाडौं, जेठ । नेपालमा कोरोना भाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ ।

हाल एक लाख आठ हजार ८९७ मा भाइरसको सङ्क्रमण सक्रिय छ । जसमध्ये एक लाख एक हजार ३३४ होम आइसोलेशनमा र सात हजार ५३६ संस्थागत् आइसोलेशनमा छन् ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २०५  कोरोनामुक्त भएका छन् । हाल ७६३  क्वारेन्टिनमा छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०९  सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार २७२  सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार