२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस

पुस ११ का निर्णय सच्याउनु पर्ने मागसहित जिल्ला सभापतिहरुले देउवालाई भेट्दै

सहमतिका साथ अगाडी बढ्न आग्रह गर्ने

बुधवार , पौष २३, २०७६

 काठमाडौँ, पुस  । नेपाली कांग्रेस असन्तुष्ट पक्षका सभापतिहरुले आज पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।

पार्टी नेतृत्वले एकलौटी ढंगले पार्टी चलाएको र बहुमतका आधारमा महाधिबेशनको मिति तोक्ने लगायतका काम गरेको भन्दै कांग्रेसको असन्तुष्ट पक्षले संस्थापन पक्षलाई दवाव दिने र निर्णय सच्याउन लगाउने उदेश्ले जिल्ला सभापतिहरुको भेला बोलाएको थियो ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा ३ दिन सम्म चलेको सभापतिहरुको भेलाले पार्टी सभापतिलाई निर्णय सच्याएर सहमतिका साथ अगाडी बढ्नका लागि दवाव दिने निर्णय गरेको थियो ।

भेला चलिरहेकै समयमा सभापति देउवाले आज विहान १० बजे बुढानिलकण्ठ स्थित आफ्नै निवासमा जिल्ला सभापतिहरुलाई छलफल का लागि बोलाउनु भएको छ ।

नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार काठमाडौँमा जम्मा भएका सभापतिहरुले आज देउवालाई भेटेर भेलाको निस्कर्ष सुनाउने र यस अघिका निर्णय सच्याएर सहमतिका साथ अगाडी बढ्न आग्रह गर्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार