२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : ' एकैदिन नौ हजार ८४१ मुक्त भए, ९६  काे मृत्यु '

शुक्रवार , जेठ १४, २०७८

काठमाडौं, जेठ । नेपालमा एकैदिन नौ हजार ८४१  कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च हो ।

हालसम्म चार लाख २८ हाजर ६७०  सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ७८.१ प्रतिशत पुुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८५५  सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ । मन्त्रालयले हाल एक लाख १३ हजार ३९४ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ९६  सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार