२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण : "पछिल्लो २४ घण्टामा मुक्त हुने ७,२२६ पुगे, १०६ को मृत्यु "

बिहिवार , जेठ १३, २०७८

काठमाडौं, जेट । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६  संक्रमणमुक्त भएका हुन् ।

२० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८  गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६  सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार