काठमाडौं, जेठ । काठमाडौं उपत्यकामा दैनिक रुपमा थपिने कोरोना भाइरसका सङ्क्रमित घटेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा उपत्यकामा एक हजार ४९३ सङ्क्रमित थपिएको जनाएको छ । मङ्गलबार उपत्यकाका तीन जिल्लामा चौबीस घण्टामा दुई हजार ६१३ सङ्क्रमित थपिएको थियो ।
सोमबार दुई हजार ७८५ सङ्क्रमित थपिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ तथा भक्तपुरमा ११३ मा सङ्क्रमणको पुष्टि भएको बताएका छन ।
देशभरि बुधबार छ हजार ६७७ सङ्क्रमित थपिएको छ । मन्त्रालयका अनुसार देशभरि हाल एक हजार ६७१ आईसीयूमा रहेकोमा ४३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।