२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'छ हजार ६७७ सङ्क्रमित थपिए, १४५ काे मृत्यु'

बुधवार , जेठ १२, २०७८

काठमाडौं, जेठ । नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० को आरटपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा छ हजार ७१६ कोरोनामुक्त भएको बताएका छन । उनका अनुसार सोही अवधिमा १४५ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार