२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण : 'पछिल्लो २४ घण्टामा थप १८५ को मृत्यु , ७४२५ संक्रमित थपिए'

सोमवार , जेठ १०, २०७८

काठमाडौं, जेठ । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ को मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ होम आइसोलेसनमा छन् । ७ हजार २७६ संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ७१३५ संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ को मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार