काठमाडौं, जेठ । काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ८२१ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा दुई हजार ८२१ सङ्क्रमित थपिएका हुन् ।
शनिबार चौबीस घण्टामा दुई हजार ३१८ सङ्क्रमित थपिएको थियो । काठमाडौं जिल्लामा भने कोरोना सङ्क्रमित थपिने संख्यामा कमी आएको छ ।
ललितपुर र भक्तपुरमा शनिबारको अपेक्षा कोरोना सङ्क्रमितको संख्या बढेको छ । मन्त्रालयले काठमाडौंमा पछिल्लो चौबीस घण्टामा एक हजार ५६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ मा सङ्क्रमणको पुष्टि भएको हो ।
ललितपुरमा शनिबार चौबीस घण्टामा ३२८ सङ्क्रमित थपिएका थिए । भक्तपुरमा १७९ सङ्क्रमित थपिएका थिए ।