काठमाडौं, जेठ । नेपालमा कोरोनाभाइरसका सात हजार ५९८ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख १३ हजार २४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा १८ हजार ९६५ को आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा सात हजार ६६४ कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट १९३ को मृत्यु भएको छ ।