२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : " दुई हजार ३१८ कोरोना सङ्क्रमित थपिए"

शनिवार , जेठ ८, २०७८

काठमाडौं, जेठ । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणका दुई हजार ३१८ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाका दुई हजार ३१८ सङ्क्रमित थपिएका हुन् ।

काठमाडौंमा पछिल्लो चौबीस घण्टामा एक हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा हाल २० हजार १६६ सक्रिय सङ्क्रमित छन् ।

एक लाख ५३ हजार ९९५ निको भएका छन् । एक हजार ४०३ सङ्क्रमित ज्यान गुमाएका छन् । भक्तपुरमा हाल चार हजार ६१८ मा भाइरसको सङ्क्रमण सक्रिय छ ।

१३ हजार १०० सङ्क्रमित निको भएका छन् । २७४ को मृत्यु भएको छ । त्यसैगरी, ललितपुरमा हाल छ हजार ४४८ मा भाइरसको सङ्क्रमण सक्रिय छ । २३ हजार १६८ हालसम्म कोरोनामुक्त भएका छन् ।

ललितपुरमा हालसम्म ३६७ सङ्क्रमितले ज्यान गुमाएका छन्

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार